कर्जाको साँवा र ब्याज बुझााउने समय थप्न निर्देशन, राष्ट्र बैंकले तयार पारेको वर्गीकरण र तालिका यस्तो छ

कर्जाको साँवा र ब्याज बुझााउने समय थप्न निर्देशन, राष्ट्र बैंकले तयार पारेको वर्गीकरण र तालिका यस्तो छ


बैकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकले कोभिड-१९ बाट प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको साँवा तथा ब्याज रकमलाई कुनै किसिमको थप पेनाल ब्याज/शुल्क/हर्जाना/ब्याजको ब्याज नलिई समय थप गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको निर्देशनमा न्यून प्रभावित, मध्यम प्रभावित तथा अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको साँवा तथा ब्याज रकमलाई कुनै किसिमको थप पेनाल ब्याज/ शुल्क/हर्जाना/ब्याजको ब्याज नलिई देहाय अनुसार समय थप गर्न निर्देशन दिएको हो।  

कोभिड–१९ बाट न्यून प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्न निर्देशन दिएको छ ।

त्यस्तै कोभिड–१९ बाट मध्यम प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्न भनेको छ ।

कोभिड–१९ वाट अति प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

न्यून प्रभावित, मध्यम प्रभावित र अति प्रभावित भनि वर्गीकरण गरिएका कर्जाको भुक्तानी अवधि थप गरिएका कर्जाको २०७७ असार मसान्तसम्मको भुक्तानी हुन बाँकी साँवा र ब्याज रकमलाई भुक्तानी अवधि थप भएको समयावधिभित्र समानुपातिक रुपमा कम्तीमा क्रमशः २ किस्ता, ३ किस्ता र ४ किस्तामा असुल गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

राष्ट्र बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीबाट अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको प्रभाव र त्यसबाट वित्तीय क्षेत्रमा पर्नसक्ने असर तथा उद्योग व्यवसायको पुनरुत्थानमा लाग्नसक्ने समय आदिको अध्ययनका आधारमा प्रभावित क्षेत्रहरुलाई निम्नबमोजिम तीन वर्गमा वर्गीकरण गरेको छ।

\"\"\"\"\"\"