काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ थपिएको छ। केन्द्रीय बैंकको असार २२ र २३ गतेको तथ्यांकले सो देखाएको हो ।
असार २२ गतेसम्म बैंकिङ्ग प्रणालीमा ७१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर १० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप १६ अर्ब रुपैयाँले नै बढेको छ ।
सो समयमा कर्जा प्रवाहमा भने झिनो रकमको मात्र सुधार देखिएको छ । असार २२ गतेसम्म बैंकिङ्ग प्रणालीबाट ५५ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट बढेर ५५ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।
सो समयमा वाणिज्य बैंकहरुको कर्जा प्रवाहमा पनि ३ अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंककाे तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७६ दशमलव ६९ प्रतिशत रहेको छ।






About Us
प्रतिक्रिया