काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले नेपाल सरकारबाट ग्रीन फाइनान्स ट्याक्सोनोमीको नेशनल ट्याक्सोनोमी बनी सकेपछि बैंक तथा वित्तीय संस्थाहरूलाई हाल नै रिफेन्स डकुमेन्ट रूपमा लागु गर्नेका लागि बैंक तथा वित्तीय संस्थाले आन्तरिक रूपमा कामहरू गरीरहेको बताएका छन् ।
मौद्रिक नीति पछिको पत्रकार सम्मेलनमा बोल्दै उनले वृद्धिका कामहरू समेत भईरहेको बताए । केही समयपछि यसलाई अनिवार्य रूपमा लागु गर्ने व्यवस्था मिलाउने तयारी रहेको उनले बताए । मध्यपहाडी लोक मार्गलाई मात्र फोकस गर्दा एउटा विशेष भौगोलिक क्षेत्रलाई लक्षित गरिएको उनले बताए ।
मध्य पहाडी लोकमार्गले नेपालको आर्थिक क्षेत्रमा जति मात्रमा नेपाल सरकारको आशा रहेको थियो जति प्रभाव पर्नुपर्ने थियो त्यति प्रभाव नपरेको उनी बताउँछन् ।
उनले भने ,‘मध्यपहाडी लोकमार्गले त्यहाँ वरिपरि रहेको जन जीवन र वस्तु स्थितिमा जुन प्रभाव पर्नु पर्ने थियो त्यो पारेको छैन । त्यसैले गर्दा पुराना पुराना राजमार्गहरूले पटक पटक राम्रो अवसर पाइसकेको छन् । तर यो नयाँ राजमार्ग रहेकाले केही आर्थिक उन्नतिका कामहरू हुन सक्ने भएकाले मौद्रिक नीतिमा जोडिएको छ ।’



About Us
प्रतिक्रिया