मौद्रिक नीतिमा भएका व्यवस्थाले बैंकिङ्ग क्षेत्र चलायमान हुनेमा आशावादी छौं : अध्यक्ष कोइराला


काठमाडौं – नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति स्वागतयोग्य रहेको बताएका छन् । मौद्रिक नीतिमाथि आफ्नो धारणा राख्दै उनले बैंकिङ्ग क्षेत्र चलायमान हुने किसिमको मौद्रिक नीति सार्वजनिक भएको बताएका हुन् ।

उनले नेपाल बैंकर्स संघले दिएको सुझावसहितको मौद्रिक नीति जारी गरेको समेत बताए । माच्छापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले संघले दिएको ९० प्रतिशत सुझाव समेटिएको बताए । उनले यतिबेला बैंकिङ्ग क्षेत्र निकै समस्यामा रहेको बेला बैंकिङ्ग क्षेत्रले राहत महशुस गर्ने किसिमको मौद्रिक नीति आएको बताएका हुन् ।