ऋणीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन गरिने


काठमाडौं – नेपाल राष्ट्र बैंकले ऋणीसँग राष्ट्र बैंक कार्यक्रम सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो । 

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पहिलो पटक मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले ग्रामीण क्षेत्रका व्यक्तिहरूको समस्या समाधान गर्न यस्तो कार्यक्रम ल्याएको हो ।