बैंक तथा वित्तीय संस्थाले सकारेको गैह्रबैंकिङ्ग सम्पत्ति २ वर्षसम्म पुरक पुँजीमा गणना गर्न पाइने


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सकारेको गैह्रबैंकिङ्ग सम्पत्ति २ वर्षसम्म सो सम्पत्तिबाट प्राप्त भएको रेगुलेटरी रिजर्भलाई पुँजीलाई पुरक पुँजीमा गणनाा गर्न सक्ने व्यवस्था गर्ने भएको छ ।

केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पहिलोपटक मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।