घर किन्न वा बनाउन ३ करोडसम्म कर्जा दिइने


 काठमाडौं –  निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो । 

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत यस्तो कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड बनाएको हो । राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले पहिलो पटक मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।