विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत रहने प्रक्षेपण


काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/८३ का लागी विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजितर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशत सम्म रहेने प्रक्षेपण गरिएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पहिलोपटक मौद्रिक नीति सार्वजनिक गर्दै यो व्यवस्था गरेका हुन् । नेपाली रुपैयाको भारतीय रुपैँया स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अकुशंको रुपमा पनि लिइने समेत गभर्नरको उद्घोष रह्यो ।