घट्यो बैंकदर र निक्षेप संकलन दर


काठमाडौं – नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोरको माथिल्लो सिमामा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरेको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पहिलोपटक मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेका हुन् । उनले ब्याजदर कोरिडोरको तल्लो सिमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरेको बताए ।