नेशनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्री खुला गरेको छ । संस्थाले यी ८ जनाको नाममा रहेको जम्मा ७० हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।  

संस्थाले यसअघि नै विद्यमान संस्थापक शेयरधनीका लागि उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना तोकिएको  थियो । सो समयावधिसम्म उनीहरूबाट कुनै आवेदन नआएपछि संस्थाले सो शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।

उक्त शेयर खरिद गर्न इच्छुकले यो सूचना प्रकाशित भएको १५ दिनभित्रमा काभ्रेपलान्चोकको बनेपा–१० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।