राष्ट्र बैंकका निर्देशक निश्चल अधिकारी कार्यकारी निर्देशकमा बढुवा 


काठमाडौं – नेपाल राष्ट्र बैंकका निर्देशक निश्चल अधिकारी कार्यकारी निर्देशकमा बढुवा भएका छन् । मानव संसाधन व्यवस्थापन विभागले उनलाई कार्यकारी निर्देशक पदमा बढुवा गरेको हो ।

अधिकारी १८ वर्षदेखि राष्ट्र बैंकमा कार्यरत छन् । रिक्त रहेको कार्यकारी निर्देशक पदमा  राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ बमोजिम निर्देशक अधिकारीलाई कार्यकारी निर्देशक पदमा बढुवा गरेको हो ।