काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनका लागि सम्पूर्ण क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजनामा भएको पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । उनले २०८२–८३ को बजेट सार्वजनिक भएपछि राम्रो प्रतिक्रिया पाएको बताउँदै यसलाई कार्यान्वयन गर्न सबै पक्षले सहयोग गर्नुपर्ने बताएका हुन् ।
उनले जलविद्युतको उत्पादनलाई प्रमोट गर्न उपयुक्त नीति लिने काम अर्थ मन्त्रालयले नै गरेको बताउँदै हामीले उत्पादन गरेको बिजुली कहाँ जान्छ भन्ने कुरा बुझ आवश्यक रहेको बताए ।
उनले लगानीकर्ताको इक्विटी पनि डुब्न दिन नहुने कुरामा सरकार अडिग रहेको बताए । सरकार उत्पादन र खपत हुने काममा लागेको बताए । उनले बैंकको लगानी पनि डुब्न नहुने सोचाइ सरकारको रहेको बताए ।
अर्थमन्त्री पौडेलले सबै क्षेत्रका नियामक निकायको भूमिका पारदर्शी र प्रभावकारी हुनुपर्ने बताए ।



About Us
प्रतिक्रिया