शिखर इन्स्योरेन्सका सञ्चालक बज्राचार्यको राजीनामा स्वीकृत



काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक दिनेश बज्राचार्यको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको ३५५ औं बैठकले बज्राचार्यको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । बज्राचार्य सर्वसाधारण सेयरधनीका तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।