गभर्नर पौडेलको पहिलो मौद्रिक नीति आज सार्वजनिक हुँदै, कस्तो ल्याउलान् ?


काठमाडाैं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्ने भएका हुन् ।

राष्ट्र बैंकका एक कार्यकारी निर्देशका अनुसार गभर्नर डा. विश्वनाथ पौडेलको अध्यक्षतामा बिहीबार बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति ल्याउने विषयमा छलफल गरेको हो। 

बिहीबार साँझ नै मौद्रिक नीतिको प्रस्ताव सञ्चालक समितिको बैठकमा लगेको थियो। आज बैठकले पारित गरेपछि मौद्रिक नीति सार्वजनिक हुने भएको छ ।

बिहान ८ बजेदेखि राष्ट्र बैंक सञ्चालक समितिमा बैठक बसिरहेको छ। बैठक टुङ्गिएपछि आजै दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने योजनामा केन्द्रीय बैंक रहेको छ । केन्द्रीय बैंकले ५९ औँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।