जुवा खेल्दै गरेका ५ जना व्यक्तिहरू पक्राउ 


काठमाडौं – जुवा खेल्ने वा सट्टाबाजी गर्ने ५ जना पक्राउ जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेख– ०६ घर भई हाल सुर्खेतका– ०६ हटियालाईन होटेल सञ्चालन गरी बस्ने  ४१ वर्षीय तीर्थराज रेग्मी, दैलेखको गुराँस– ६ घर भएको ३६ वर्षीय विनोद रोकाय, कालिकोटको  रास्कोट– ५ स्थायी घर भई हाल सुर्खेत बस्ने ४० वर्षीय कटन शाही, सुर्खेत बस्ने ३२ वर्षीय जगदिश रोकाय र सुर्खेतको ऐ.ऐ. १२ बस्ने वर्षीय ५८ को तिलक चपाई समे रहेका छन् । 

उनीहरूले सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.०६ हटियालाईन स्थितमा तीर्थराज रेग्मीले सञ्चालन गरेको टेष्टी खाजा घरमा नगद राखी हारजित हुने गरी जुवातास खेल्ने गरेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोली उक्त स्थानमा गई खानतलासी गर्दा विभिन्न दरका नेपाली नगद ३४ हजार छ सय रुपैयाँ र जुवा खालमा रहेको ५२ पत्तिको ८ गड्‌डी तास तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।  उनीहरूलाई नियन्त्रणमा लिई जुवा खेल्ने वा सट्टाबाजी गर्न नहुने कसुर मुद्दा दर्ता गरी म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।