काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक २७ दशमलव १५ अंकले बढेर २७ सय ३३ दशमलव ६ को विन्दुमा कायम भएको छ । आज १६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एन आर बि इन्फ्राक्टकचर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५७ करोड माथि रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ६२ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै कर्पोरेड डेभलपमेन्ट बैंक कम्पनी लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले गुमाएका हुन् ।



About Us
प्रतिक्रिया