काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक २३ दशमलव ९९ अंकले बढेर २७ दशमलव ८५ को विन्दुमा कायम भएको छ । आज १९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१६ कम्पनीको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत् कम्पनी लिमिटेडको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै वरुण हाइड्रोपावरको कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ४१ प्रतिशतका दरले गुमाएका हुन् ।



About Us
प्रतिक्रिया