काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ११ महिनाको तथ्यांकले नेपालबाट विदेश घुम्न जाने नेपालीले २ खर्ब रुपैयाँ खर्च गरेका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेकाे जेठसम्मकाे तथ्यांकले २ खर्ब ३ अर्ब ९७ करोड रुपैयाँ खर्च गरेका छन् । यस्तै, विदेश भ्रमणमा जाने नेपालीले समीक्षा अवधिमा दुई खर्ब ३ अर्ब ९७ करोड रुपैयाँ खर्च गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १६.५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा विदेश भ्रमणमा जानेले एक खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ खर्च गरेका छन् ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय (पर्यटन) ६.९ प्रतिशतले वृद्धि भई ८२ अर्ब २० करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७६ अर्ब ८८ करोड रूपैयाँ रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.५ प्रतिशतले वृद्धि भई २०३ अर्ब ९७ करोड रूपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । यसमध्ये शिक्षातर्फ व्यय मात्र १२४ अर्ब ८० करोड रूपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १७५ अर्ब १६ करोड रूपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ११७ अर्ब १ करोड रूपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको ११ महिनामा नेपालले खुद सेवा आय ९७ अर्ब ३३ करोड रूपैयाँ घाटामा व्यहोरेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५६ अर्ब ३६ करोड रूपैयाँले घाटामा रहेको थियो ।



About Us
प्रतिक्रिया