काठमाडौं – एसियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आजदेखि आवेदन खुलेको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले अंकित मूल्य १ सयका दरले कुल १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ । हकप्रद शेयर निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
लगानीकर्ताले सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा अनलाइन प्रणाली मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् । जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । साउन १३ सम्म आवेदन खुल्नेछ ।






About Us
प्रतिक्रिया