प्राधिकरणको नीति तथा कार्यक्रम सार्वजनिक

विद्यार्थीको १ लाखसम्मको दुर्घटना बीमा गर्नेदेखि सूचना केन्द्र स्थापना गर्नेसम्मको तयारीमा प्राधिकरण


 काठमाडौं –  नेपाल बीमा प्राधिकरणले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्राधिकरणले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०८२/८३ को वार्षिक बीमा नीति तथा कार्यक्रमले सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको बीमा गर्ने व्यवस्था मिलाउने जनाएको छ । देशभरिका विद्यार्थीहरूको एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्ने नीतिमा आन्तरिक स्रोत र स्थानीय तहको सहयोग लिने समेत ल्याएको छ।

सहज पहुँचयुक्त, विश्वसनीय, सुदृढ र गुणस्तरीय बीमा प्रणालीको विकास गरिएको जसले गर्दा सब‌‌ पक्षलाई सहज हुने उद्देश्य राखेकाे छ । यसको लक्ष्य प्रतिस्पर्धी विश्वसनीय बीमा प्रणालीको विकास एवम् विस्तार गरी बीमा क्षेत्रमा थप संस्थागत सुशासन कायम गर्नु रहेकाे छ ।

बीमा सेवाको गुणस्तर अभिवृद्धि गरी आधुनिक तथा दिगो बीमा प्रणालीको विकास गर्न र जीवन, सम्पत्ति तथा दायित्वको जोखिम न्यूनीकरण गर्दै सबल अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ । साथै, यो नीति तथा कार्यक्रमले बीमित हित संरक्षण गर्नेछ । वार्षिक बीमा नीति तथा कार्यक्रमको प्राथमिकताका क्षेत्रहरू पनि तोकिएको छ । जसले बीमा क्षेत्रलाई सहज बनाउने छ । 

साथै, प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणले वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनमा सधैँ पहल गर्ने बताएका छन्।अध्यक्ष ओझाले प्राधिकरणको काम कारबाहीलाई व्यवस्थित ढंगले प्रस्तुत गर्न बीमा नीति तथा कार्यक्रम तयार गरिएको बताए । अध्यक्ष ओझाले भने, ‘प्राधिकरणले के कसरी काम गर्छ भनेर हामीले व्यवस्थापनसहित प्रस्तुत गर्न खोजेका होऔँ । हरेक वर्षभरिको नीति तथा नियमको मार्गदर्शन लागि यो कार्यक्रम सुरुवात गरिएको हो । यो सहज पहुँचयुक्त, विश्वसनीय, सुदृढ र गुणस्तरीय बिमा प्रणालीको विकास गरिएको जसले गर्दा सब‌‌ पक्षलाई सहज हुनेछ।’ 

साथै,अध्यक्ष ओझाले बीमा नीति तथा कार्यक्रमको लक्ष्य  प्रतिस्पर्धी विश्वसनीय बिमा प्रणालीको विकास एवम् विस्तार गरी बीमा क्षेत्रमा थप संस्थागत सुशासन कायम गर्नु बताए । अध्यक्ष ओझाले भने,‘ बीमा सेवाको गुणस्तर अभिवृद्धि गरी आधुनिक तथा दिगो बीमा प्रणालीको विकास गर्न र जीवन, सम्पत्ति तथा दायित्वको जोखिम न्यूनीकरण गर्दै सबल अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ । साथै, यो नीति तथा कार्यक्रमले  बीमित हित संरक्षण गर्नेछ ।’  

यस्तै, यो नीतिले बीमकले बीमितलाई दाबी प्रक्रियाको अवस्थाबारे जानकारी दिने प्रणालीको व्यवस्था गराउने, बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक कानूनी संरचना विकास गर्ने जनाएको छ । डिजिटल प्रविधिलाई प्रोत्साहन र प्रयोग बढाउन  गुनासो तथा उजुरी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध पनि गर्ने भएकाे छ । आगामी आवमा सूचना केन्द्र स्थापना हुने अध्यक्ष ओझाले बताए ।