काठमाडौं– नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले प्राधिकरणले वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनमा सधैँ पहल गर्ने बताएका छन्। आर्थिक वर्ष २०८२/८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सम्बन्धी पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
अध्यक्ष ओझाले प्राधिकरणको काम कारबाहीलाई व्यवस्थित ढंगले प्रस्तुत गर्न बीमा नीति तथा कार्यक्रम तयार गरिएको बताए । अध्यक्ष ओझाले भने, ‘प्राधिकरणले के कसरी काम गर्छ भनेर हामीले व्यवस्थापनसहित प्रस्तुत गर्न खोजेका होऔँ । हरेक वर्षभरिको नीति तथा नियमकाे मार्गदर्शन लागि यो कार्यक्रम सुरुवात गरिएको हो । यो सहज पहुँचयुक्त, विश्वसनीय, सुदृढ र गुणस्तरीय बीमा प्रणालीको विकास गरिएको जसले गर्दा सब पक्षलाई सहज हुनेछ।’
साथै,अध्यक्ष ओझाले बीमा नीति तथा कार्यक्रमको लक्ष्य प्रतिस्पर्धी विश्वसनीय बीमा प्रणालीको विकास एवम् विस्तार गरी बीमा क्षेत्रमा थप संस्थागत सुशासन कायम गर्नु बताए । अध्यक्ष ओझाले भने,‘बीमा सेवाको गुणस्तर अभिवृद्धि गरी आधुनिक तथा दिगो बीमा प्रणालीको विकास गर्न र जीवन, सम्पत्ति तथा दायित्वको जोखिम न्यूनीकरण गर्दै सबल अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने उद्वेश्य राखेको छ । साथै, यो नीति तथा कार्यक्रमले बीमित हित संरक्षण गर्नेछ ।’
वार्षिक बीमा नीति तथा कार्यक्रमले प्राथमिकताका क्षेत्रहरू पनि तोकेको यसले बीमा क्षेत्रलाई सहज बनाउने बताए ।






About Us
प्रतिक्रिया