स्रोत नखुलेको १ करोड ४४ लाख रकमसहित एक जना चिनियाँ नागरिक पक्राउ 


काठमाडौं – स्रोत नखुलेको रकम सहित एक जना चिनियाँ नागरिक पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनका ४० वर्षीय वाङ जियान रहेका छन् ।

काठमाडौं महानगरपालिका ६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिई बस्ने उनले श्रोत नखुलेको नेपाली रकमको कारोबार गर्न गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्ध समेतबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

उनको कोठाबाट प्रहरीले  श्रोत नखुलेको नेपाली रकम फेला परेको छ । उनको उक्त डेरा कोठामा खानतलासी गर्दा  प्रहरीले  उनको नंं EG2216171 को पासपोर्ट र उनको साथमा रहेको  एक करोड ४४ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।  उनलाई पक्राउ गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।