नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ६ अर्ब ५७ करोड 

‘बैंकिङ्ग समूहमा ०.३७ अंकको गिरावट’


काठमाडौं – आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ० दशमलव १४ अंकले घटेसँगै बजार २६ सय ८३ दशमलव ८६ को बिन्दुमा कायम भएको छ। आज १३३ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै रसुवागढी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ८  प्रतिशतका दरले गुमाएका हुन् ।

सोमबार विकास बैंक, फाइनान्स, हाइड्रोपावर, इन्भेष्टेमन्ट, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स लगायतका इन्डेक्सहरुमा हरियाली छाएको छ ।