१ करोड १० लाख बिगो भएका बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं – १ करोड १० लाख बिगो भएका एक जना बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ, धुनिवेशी– २ घर भई हाल काठमाडौंको चन्द्रागिरी– १३ बस्ने ४६ वर्षीय मधुकर लुईटेल रहेका छन् । 

जित बहादुर योञ्जनले दिएको उजुरीमा नेपाल सरकारको प्रतिवादी लुईटेल भएको बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका थिए । काठमाडौं उपत्यका अनुसन्भान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको अस्पताल अगाडीबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशाला, काठमाडौं पठाइएको जनाएको छ  ।

साथै, पक्राउ प्रतिवादी मधुकर लुईटेलको नाममा अन्य प्रहरी कार्यालयहरूमा समेत २ वटा मुद्दा दर्ता भई फरार रहेको अभिलेखबाट देखिन आएको प्रहरीले बताएको छ।