मौद्रिक नीति छलफल छाडेर गभर्नर हिँडेपछि रास्वपा सांसद झाले भने,’कुन दाइ भाउजू भेट्न हतार भयो’ 


काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले  मौद्रिक नीतिसँग सम्बन्धित कार्यक्रम नसकिँदै हिँडेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिस झा आक्रोशित भएका छन् । 

आज व्यवस्थापन सङ्घ नेपालले कुपन्डाेलस्थित हाेटल हिमालयनमा आयोजना  गरेको मौद्रिक नीतिसँग सम्बन्धित कार्यक्रमबाट हतार भएको भन्दै गभर्नर कार्यक्रमको बीचमै निस्किएपछि  सांसद  झा आक्रोशित भएका हुन् ।  

सांसद  झा ले फ्लोरबाट उठेर गभर्नर यस्ता खाले कार्यक्रम बीचमै छाडेर हिँड्न नहुने बताए ।  उनले भने,’ यहाँ ठुलो उपस्थिति छ । यो उपस्थितिले आगामी मौद्रिक नीतिमा उत्कृष्ट सुझाव दिन सक्थ्यो सबै क्षेत्रको सुझाव लिन सकिने यो खालको राष्ट्रिय मञ्च छाडेर कसलाई  भेट्न जान हताए भएको ? गभर्नर ज्यू कुन दाजु भाउजू भेट्न जानू भएको ?.।’ झा व्यवस्थापन संघका आजीवन सदस्य हुन् ।