मौद्रिक नीतिको पूर्व सन्ध्यामा गभर्नरले भने ‘यो लगानीका लागि बेस्ट टाइम हो’ 


काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले अहिलेको समय लगानीका लागि उत्कृष्ट समय भएको बताएका हुन्। नेपाल व्यवस्थापक संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्  । 

गभर्नर पौडेलले हाल विदेशी विनिमय सञ्चिति पर्याप्त रहेको र बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेकोले यो समय लगानीको लागि उपयुक्त रहेको बताए  । 

‘यतिबेला बैंक तथा वित्तीय संस्थामा अत्यधिक तरलता छ । विदेशी मुद्रा सञ्चिति पनि यति बेला राम्रो छ । यो समय भनेको लगानीको लागि वेस्ट अफ टाइम हो ।’ उनले भने 

२ करोड देखि ५ करोडसम्मको ऋणमा समस्या आएको बताए। उनले विगतमा वित्त नीति र मौद्रिक नीतिको तादम्यता नमिल्दा केहि समस्या आएको बताए । यो वर्ष भने उनले वित्त नीति र मौद्रिक नीतिबिच तादम्यता मिलाउने प्रयास गर्ने बताए ।