बैंकहरूलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न बाटो खुल्यो


काठमाडौं – अब बैंक तथा वित्तीय संस्थाले अभिमोच्य तथा असञ्चित अग्राधिकार शेयर जारी गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (नवौँ संशोधन) निर्देशिका २०८२ मार्फत यस्तो व्यवस्था गरेको हो ।

यसअघि बैंकहरूलाई डिबेञ्चर जारी गर्ने बाटो मात्रै खुला थियो । निर्देशिकामा नेपाल राष्ट्र बैंकबाट अविमोच्य असंचिति अग्राधिकार शेयर निष्कासनका लागि स्वीकृति पाएको बैंक तथा वित्तीय संस्थाले मात्र यस्तो शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिन सक्नेछन् ।

यसको मूल्य १०० रुपैयाँ कायम गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।