काठमाडौं – हिमालयन बैंकले अतिरिक्त सार्वजनिक निष्काशन (एफपीओ) को लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई प्रतिकित्ता १ सय ५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गर्न स्वीकृति दिएको हो।
हिमालयन बैंकलाई रेटिङ संस्था केयर रेटिङ्स नेपाल लिमिटेडले ट्रिपल बी स्कोर दिएको छ। कम्पनीको धितोपत्र बिक्री प्रबन्धकको रूपमा भने सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त गरेको छ।
बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणका लागि न्यूनतम ३० प्रतिशत शेयर जारी गर्नुपर्ने व्यवस्था छ । सोहि व्यवस्था अनुसार ३० प्रतिशत पुर्याउनका लागि बैंकले एफपीओ जारी गर्न लागेको हो ।



About Us
प्रतिक्रिया