काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड– ६ घर भई हाल काठमाडौं- ६ बस्ने ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा रहेका छन् । उनले लिथुआनिया, रोमानिया लगायतका मुलुकहरूमा पठाइदिन्छु भन्दै ४५ जनालाई ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धानले जनाएको छ ।
लामाले पीडितहरूबाट १ करोड ८० लाख ९३ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ । लामाले नयाँ बानेश्वरस्थितमा रहेको ‘ एन्स्योर डेस्टिनी इन्टरनेशनल’ नामक कन्सल्ट्यान्सी सञ्चालन गरी पीडितहरूलाई लिथुआनिया, रोमानिया लगायतका देशहरूमा पठाउने भनी पीडितहरूबाट रकम उठाई ठगी गर्ने गरेको खुल्न आएको छ ।
उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया