काठमाडौं – दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको थियो । यसमध्ये १० लाख ३० हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि छुटाइएको हो । उक्त शेयरमा गुल्मीको मुसिकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका र बडी गाड गाउँपालिकाका बासिन्दाले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, २९ लाख १९ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुटाइएको छ। कम्पनीले आफ्नो कर्मचारीका लागि ५८ हजार ३९० कित्ता आफ्ना कर्मचारी र १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरेको छ। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराज क्यापिटल लिमिटेड रहेको छ ।



About Us
प्रतिक्रिया