काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०) लाई कारबाही गरेको छ । सिप्ला तोकिएको समयभित्र कारोबार राफसाफ तथा फछ्यौट् नगरेपछि नेप्सेकाे कारबाहीमा परेकाे हाे ।
नेप्सेले समयमै राफसाफ नगरेकाे भन्दै सीडीएस एण्ड क्लियरिङको पत्रअनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली बमोजिम सिप्लालाई कारबाही गरेकाे छ ।
सिप्लालाई नेप्सेले ३ कार्य दिनका लागि निलम्बन गरेको जानकारी दिएको छ ।



About Us
प्रतिक्रिया