महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालक श्रेष्ठको कार्यकाल समाप्त 


काठमाडौं – महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालक अम्बिका श्रेष्ठको कार्यकाल सकिएको छ । बैंकको असार १८ गते बसेको सञ्चालक समितिको बैठक नं ४९० बमोजिम श्रेष्ठको कार्यकाल सकिएको कम्पनीले जानकारी दिएको हो । 

श्रेष्ठ २०७८ असार २१ गतेदेखि ४ वर्षे कार्यकालको लागि नियुक्त भएकामा उनको कार्यकालको हिजो (असार) २१ गतेदेखि सकिएको छ ।