काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको वृद्धि देखिएको छ । आज नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम ९ अर्ब ५० करोड आज नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ७ दशमलव ७५ अंकले बढेर २७ सय ७ दशमलव ७२ को विन्दुमा कायम भएको छ । आज ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ।
आज दिनभरिमा ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४९ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
लक्ष्मी सनराइज बैंक प्रमोटर शेयरको ३७ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। भने गार्डियन माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ७ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै गुडवील फाइनान्स लिमिटेड डिभेन्चरका लगानीकर्ताले गुमाएका छन् ।
आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ८७ प्रतिशतका दरले गुमाएका हुन् । यसदिन फाइनान्स कम्पनीको शेयर मूल्य सर्वाधिक बढेको छ । फाइनान्स समूहको शेयर २.१६ प्रतिशतले बढेको हो । साथै, अन्य समूह अन्तर्गतको ३.०९ प्रतिशतले शेयर मूल्य बढेको हो । यता, सर्वाधिक घट्नेमा आज विकास बैंक रहेको छ । बैंकको मूल्य १.४९ प्रतिशतले बढेको हो ।



About Us
प्रतिक्रिया