महुली लघुवित्तको सीईओमा सिंह नियुक्त


काठमाडौं – महुली लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत ( सीईओ) मा सरोज कुमार सिंह नियुक्त भएका छन्।  संस्थाको असार २० गते बसेको सञ्चालक समितिको १६७ औं बैठकको निर्णयले उक्त रिक्त रहेको पदमा सिंह नियुक्त भएका हुन्। 

संस्थाले सिंहलाई गत साउन १ गतेदेखि ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको छ । साथै, सिंहलाई कम्पनी सचिवको समेत जिम्मेवारी दिएको संस्थाले सूचना जारी गर्दै जानकारी दिएको हो ।