काठमाडौं – गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले आगामी वर्षमा बीमित र लगानीकर्तालाई थप लाभ र प्रतिफलको दिने बताएका छन् । कम्पनी तेस्राे वर्षमा प्रवेश गरेको अवसरमा सीईओ भण्डारीले सबै बीमित र लगानीकर्ताहरूले सुरुवात भएको दुई वर्षमा देखाएको विश्वासको धन्यवाद दिँदै साे बताएका हुन् ।
‘समयसँगै प्रविधिमा भइरहेको परिवर्तनलाई अनुसरण गरी कम्पनीले पूर्ण डिजिटल ‘पेपरलेस’ रूपमा सेवा दिँदै आएको छ । र, आगामी दिनमा अझै धेरै ग्राहकहरूको माझमा बीमाको सेवा पुर्याउन कोसिस गर्ने छौ ।’ सीईओ भण्डारीले भने ।
नेपालको पहिलो लघु बीमा कम्पनीको रूपमा स्थापित कम्पनीले नेपालको बीमा क्षेत्रमै पहिलो पूर्ण डिजिटल प्रणाली अवलम्बन गर्दै आएको छ । हाल कम्पनीले २६ वटा शाखा कार्यालयहरूबाट सेवा दिइरहेको छ ।
चालु आर्थिक वर्षको जेठसम्म कम्पनीले ४५ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने जेठसम्म प्राप्त बीमा दाबीको शतप्रतिशत भुक्तानी गरेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार जेठसम्म ८६४ वटा दाबीको ७ करोड ७६ लाख रुपैयाँ भुक्तानी गरिएको छ। चालु आर्थिक वर्षको ११ महिनामा कम्पनीले ९० करोड ४ लाख रुपैयाँ लगानी गरेको छ।





About Us
प्रतिक्रिया