आजदेखि पिपुल्स पावरकाे हकप्रद शेयर निष्कासन


काठमाडौं ­– पिपुल्स पावर लिमिटेडले आज (असार २२)  गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ३१ लाख ३६ हजार कित्ता हकप्रद शेयर १ कित्ता बराबर ०.५० कित्ताका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असार २ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। जसको आधारमा असार १ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन ११ गते तोकिएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै पिपुल्स पावरको वेबसाइट, प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत, धनगढी शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तीनका तोकिएका शाखा कार्यालय सहित मेरो शेयर अनलाइन मार्फत पनि आवेदन दिन सक्नेछन्।