काठमाडौं – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने समय थपेको छ । कम्पनीले असार १ गतेदेखि असार २२ गते (आज) सम्म बिक्री खुला गरेको हकप्रद शेयरमा अब असार २४ गतेसम्म आवेदन दिन सकिने भएको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ सय प्रतिशत तथा १ कित्ता शेयर बराबर १ कित्ता अनुपातमा हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर जारी गरेको छ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले गत जेठ ६ गते बुकक्लोज गरेको थियो । जसमा जेठ ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम शेयरधनीहरूले मात्रै कम्पनीको सो शेयरमा आवेदन दिन पाउनेछन्। कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।



About Us
प्रतिक्रिया