साताको शेयर: नेप्से १०८ अंकले बढ्दा, ३८ अर्ब माथिको कारोबार


काठमाडौं –  साता शेयर बजारमा हरियाली छाएको  छ । यो साता  आइतबारदेखि बिहीबारसम्म बजार बढ्दो शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १०८ अंककाे  वृद्धि देखिएको हो।

नेप्से परिसूचकमा  वृद्धिसँगै यो साता  ३८ अर्ब माथिको शेयर कारोबार भएको  छ । यो साताको आइतबार नेप्से परिसूचक २६.५३ , सोमबार ९.१९ , मंगलबार २८.९१, बुधबार ३४.४२ र बिहीबार ९.१४ अंकले बढेको थियो ।

आइतबार  २६ सय २२ दशमलव २८ अंकको बिन्दुमा रोकिएको बजार बिहीबारसम्म बढेर  २७ सय ३ दशमलव ९६ को बिन्दुमा पुग्यो । आइतबार ७ अर्ब रुपैयाँ, सोमबार ६ अर्ब ३३ करोड रुपैयाँ, मंगलबार ६ अर्ब ८५ करोड रुपैयाँ, बुधबार ९ अर्ब २१  करोड रुपैयाँ, बिहीबार ९ अर्ब ३८ करोड भन्दा माथिको कारोबार भयो ।