काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विद्यमान संस्थापक शेयरधनीका लागि शेयर बिक्री खुला गरेको छ। कम्पनीले ३ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल १ लाख ४८ हजार ६०० कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौँमा निवेदन दिन सक्नेछन् ।
साथै, कम्पनीले तोकेको समयभित्र संस्थापक शेयर धनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।





About Us
प्रतिक्रिया