नेपाल इन्स्योरेन्सले साउनदेखि हकप्रद शेयर निष्कासन गर्दै


काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो साउन ६ गते देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका दरले ६५ लाख ७६ हजार ९ सय ६७ कित्ता हकप्रद शेयर १० बराबर ३.४७८३ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

हकप्रद शेयर निष्कासनका लागि कम्पनीले गत जेठ ३० गते नै बुक क्लोज गरिसकेको छ । कम्पनीले जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस कम्पनीको शेयर खरिद गरेका शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।

सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले  एनआइएमबि एस क्यापिटलको लाजिम्पाटस्थित केन्द्रीय कार्यालय सहित पोखराको चिप्लेढुङगा, बुटवलको ट्राफिक चोक, वीरगन्जको आदर्श नगर र विराटनगरको गोल्छा चोकमा रहेको शाखा कार्यालयका साथै बोर्डबाट स्वीकृति पाएको सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनको तोकिएका शाखा कार्यालयका र मेरो शेयर प्रयोग गरी अनलाइन बाट पनि आवेदन दिन सक्नेछन्।

उक्त, शेयरमा साउन २६ सम्म आवेदन दिन सक्नेछन् ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।