काठमाडौं – नेपालका १० ठूला बैंकको बाह्य लेखा परीक्षण गर्न बाटो खुलेको छ । बैंकहरुको लेखा परीक्षणका विषयमा सर्वोच्चमा परेको रिट खारेज भएपछि १० ठूला बैंकको बाह्य लेखा परीक्षण गर्न बाटो खुलेको हो ।
मार्च २०२३ मा आईएमएफले नेपाल सरकारलाई उपलब्ध गराउने विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत ३९५ मिलियन डलर प्रदान गर्नका लागि प्रमुख सर्तका रुपमा अन्तर्राष्ट्रिय अडिटरमार्फत नेपालका ठूला बैंकहरूको लेखापरीक्षण गर्नुपर्ने सर्त राखेको थियो।
सोहिअन्तर्गत १० ठूला बैंकको लेखापरिक्षण गर्न लागिएको थियो । जसको विरुद्धमा सुवेदी एन्ड एसोसिएट्सका सञ्चालक सतिस सुवेदीले जेठ २२ गते १० ठूला बैंकको लेखापरीक्षण तत्काललाई रोक्न सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिट खारेज गरेपछि यसको लागी बाटो खुलेको हो ।





About Us
प्रतिक्रिया