पाँचौँ दिन पनि पुँजी बजारमा हरियाली छायो, नेप्से २७ सयमाथि उक्लिदा ९ अर्बको कारोबार

‘बैंकिङ्ग  समूहमा ०.४८ अंकको वृद्धि’


काठमाडौं – आज पनि शेयर बजार बढेर बन्द भएको छ । आज साताको अन्तिम कारोबारको दिनपनि लगातार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको हो । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव ९८ अंकले बढेर २७ सय ५ दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको शेयर मूल्य घटेको छ।

आज दिनभरिमा ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, साहस ऊर्जाको २७ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन्। भने खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै सप्तकोसी डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका  लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज फाइनान्स समूहको शेयर मूल्य ४.०९ प्रतिशतले बढेको हो । साथै, निर्जीवन बीमा समूहको २.२४ प्रतिशत, म्युचुअल फण्ड समूहको १.२४ प्रतिशत, जीवन बीमा समूहको २.५६ प्रतिशतले शेयर मूल्य बढेको छ ।