सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि विद्यमान संस्थापक शेयरधनीका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । 

उक्त, शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले खरिद गर्ने चाहेको शेयर विवरण खुलाएर निवेदन दिन सकिनेछ ।

आवेदकले संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी ­–४ ललितपुर र शेयर रजिस्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा निवेदन दिन सक्नेछन् । 

साथै, संस्थाले तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने संस्थाले जानकारी दिएको छ।