काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो। संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
संस्थाले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार रुपैयाँ बराबरको २३ हजार १०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।
उक्त, आईपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ। जसमा न्यूनतम १० कित्तादेखि ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ।






About Us
प्रतिक्रिया