काठमाडौं – नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई कारबाही गरेको छ । बोर्डले गत आर्थिक वर्षको वित्तीय विवरण पेस नगरेको भन्दै दुई कम्पनीलाई कारबारही गरेको हो ।
बोर्डको कारबाहीमा पर्नेहरुमा एप्पल सेक्युरिटिज प्रा.लि र बेनी सेक्युरिटिज प्रा.लि रहेका छन् ।
बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को बमोजिम तोकिएको समयभित्र आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण बोर्डमा पेश नगरेको भन्दै यी दुई कम्पनीलाई कारबाही गरेको हो । बोर्डले सो कम्पनीहरुलाई ५/५ हजार रुपैयाँको दरले जरिवाना तिराएको छ ।



About Us
प्रतिक्रिया