काठमाडौं – विकास हाइड्रोपावरले आजदेखि (असार १८) गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड पश्चात् अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीको जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३ सय रुपैयाँ छ । जसमा न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
इच्छुकले छिटोमा असार २२ गते र ढिलोमा २२ गतेभित्रमा आवेदन दिन सक्नेछन् । सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा अनलाइन प्रणाली मेरो सेयरमार्फत आईपीओमा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।



About Us
प्रतिक्रिया