प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – प्राइम कमर्सियल बैंककले विद्यमान संस्थापक शेयरधनीहरुका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ ।  बैंकको असार १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री खुला गरेको हो । 

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा बैंककाे कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन् । 

साथै, उक्त समयावधि भित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नआएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनकारी दिएको छ ।