अधिक तरलताको समस्या हटेन, ६३ दिनको लागि ६० अर्ब खिच्दै राष्ट्र बैंक 


काठमाडौं – बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज असार १८  गते बुधबार बजारबाट ६० अर्ब खिच्ने भएको छ । राष्ट्र बैंककाे मौद्रिक व्यवस्थापन विभागले ६३ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट  इजाजतपत्र प्राप्त ‘क, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । 

राष्ट्र बैंकले ६३ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्ने भएको हो । केन्द्रीय बैंकले असार १५ गते मध्यान्ह ३ बजेसम्म अनलाइन मार्फत मात्र बोलकबोल हुने बताएको हो । केन्द्रीय बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्ने बताएको हो ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले असार लागेसँगै यो छैटौँ पटक  निक्षेप संकलन लागेको हो । यसअगाडि असार १ गते ४० अर्ब रुपैयाँ,  ४ गते ९० अर्ब रुपैयाँ,  ८ गते ६० अर्ब रुपैयाँ, ११ गते ५० अर्ब रुपैयाँ, १५ गते ३० अर्ब रुपैयाँ, १८ गते ६० अर्ब रुपैयाँ तरलता तानेको  थियो।