शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ७ अर्ब माथि

‘बैंकिङ्ग समूहमा १४ दशमलव ९२ अंकको वृद्धि’


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २८ दशमलव ९१ अंकले बढेर २,६६० को विन्दुमा कायम भएको छ । आज २१७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ४६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४५ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको २५ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका हुन् । न्यादी हाइड्रोपावरका लगानीकर्ताले पनि ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै युनिलिभर नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले २ दशमलव १३ प्रतिशतका दरले गुमाएका हुन् ।