१० थान पुराना एटिएम मेसिन बिक्री गर्दै ग्लोबल आईएमई बैंक


काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले को पुराना एटिएम मेसिनहरू बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै १० थान पुराना एटिएम मेसिन बिक्री गर्न लागेको बताएको हो ।

बैंकले असारको २१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न अनुरोध गरेको छ । बैंकले कमलादी स्थित कार्यालय परिसरमा रहेका ७ थान, अनामनगर स्थित गोदाममा रहेको २ थान तथा अनामनगर शाखा कार्यालयमा रहेको १ थान जम्मा १० थान पुराना एटिएम मेसिनहरु जहाँ जे जस्तो अवस्थामा छ सोहि अवस्थामा शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको हो । सो मेसिनहरु खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संघ संस्थाहरुले शिलबन्दी बोलपत्र पेश गर्न अनुरोध गरेको छ ।

बोलपत्र स्विकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बैंकमा निहीत रहने उल्लेख छ।